• तीनवटै तहका सरकार, संघसंस्था एवं प्रयोगकर्तालाई नीति निर्माण, योजना तर्जुमा, अनुगमन, मूल्यांकन एवं अध्ययन अनुसन्धान गर्नका लागि आवश्यक पर्ने आधिकारिक तथ्याङ्क उपलब्ध गराउने,
  • राष्ट्रिय लेखा (त्रैमासिक तथा वार्षिक) तथ्याङ्क सङ्कलन तथा प्रविष्टि सम्बन्धी कार्य,
  • औद्योगिक मुल्य, निर्माण सामग्रीहरूको मुल्य तथा कामदारको ज्याला सम्बन्धी त्रैमासिक मुल्य संकलन तथा प्रविष्टि सम्बन्धी कार्य,
  • कृषि उपजहरूको त्रैमासिक मुल्य संकलन तथा प्रविष्टि सम्बन्धि कार्य,
  • नेपाल तथ्याङ्कीय व्यवसायिक रजिष्टर अध्यावधिक कार्यका लागि तथ्याङ्क सङ्कलन तथा प्रविष्टि सम्बन्धि कार्य,
  • तथ्याङ्कीय क्रियाकलापहरूको जिल्ला तथा स्थानीय तह स्तरमा समन्वय, सुझाव संकलन तथा नतिजा सार्वजनिकरण
  • कार्यक्षेत्र भित्रका स्थानिय तहहरुमा विभिन्न गणना तथा सर्वेक्षणका लागि आवश्यक पर्ने गणना क्षेत्र नक्सांकन कार्य,
  • राष्ट्रिय तथ्याङ्क कार्यालयबाट आवधिक तथा नियमित रुपमा संचालन हुने गणना तथा सर्वेक्षणहरु जस्तै राष्ट्रिय जनगणना, राष्ट्रिय कृषिगणना, औद्योगिक गणना, आर्थिक गणना, नेपाल जीवनस्तर सर्वेक्षण, नेपाल श्रमशक्ति सर्वेक्षण, नेपाल बहुसुचक सर्वेक्षण, जलवायु परिवर्तन सर्वेक्षण, वितरणात्मक व्यापार सर्वेक्षण, बिभिन्न बाली तथा पशुपंक्षी पालनको उत्पादन लागत सर्भेक्षण, श्रम आप्रवासी सर्वेक्षण, आन्तरिक पर्यटन सर्भेक्षण, निजी शिक्षण संस्था, निजी स्वास्थ्य संस्था, स्थल यातायात सर्भेक्षण आदिमा आवश्यक पर्ने तथ्याङ्कीय विवरण उपलब्ध गराउनुका साथै कार्यक्षेत्र भित्रका स्थलगत तथ्याङ्क सङ्कलन कार्यको सुपरिवेक्षण तथा अनुगमन,
  • राष्ट्रिय तथ्यगत विवरण(National Data Portal) प्रविष्टि तथा अद्यावधिक गर्ने कार्यमा स्थानीय तहसंग समन्वय गर्ने,
  • जिल्ला तथा स्थानिय तह वस्तुगत विवरण तयार गरी प्रकाशन गर्ने,
  • राष्ट्रिय तथ्याङ्क कार्यालयबाट समय समयमा तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।